सेवानिवृत्त प्रहरी महानिरीक्षकको बिदाइ

पाेखरा
तीसवर्षे सेवा अवधि पूरा गरी गएरातिदेखि सेवानिवृत्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलाई प्रहरी प्रधान कार्यालयले बिदाइ गरेको छ ।
उनीहरुलाई बुधबार साँझ नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फूलमाला लगाई बिदाइ गरेका हुन् । बिदाइ समारोहलाई सम्बोधन गर्दै ज्ञवालीले आफ्नो कार्यकालमा सङ्गठनमा सामूहिक निर्णय प्रक्रियालाई संस्थागत गर्ने, कर्मचारीको कार्यक्षमता तथा कार्यकौशलअनुरुपको मूल्याङकन पद्धति संस्थागत गर्ने, सेवा प्रवाहमा गुणस्तरीयता ल्याउने, सङ्गठनका हरेक सदस्यको सङ्गठनप्रतिको अपनत्व र भातृत्वभाव बढाउन जोड दिएको बताए ।
कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणको प्रकोपको कारण राज्यसँगै प्रहरीको प्राथमिकता र कार्यशैलीले अनेपक्षित मोड लिन बाध्य भएता पनि आफ्नो दृष्टिकोणलाई डगमगाउन नदिइ सङ्गठनमा प्रहरी कर्मचारीको वृत्तिविकासलगायत विविध सुधारका पक्षलाई गति दिएको उनले उल्लेख गरे ।
प्रहरी सेवा नागरिकका लागि हो, तर यसमा दुवै पक्षबीचको परस्पर सहकार्य, सद्भाव र तालमेल पनि आवश्यक रहेको चर्चा गर्दै उनले भने, “दिनेले सेवा दिए भन्नु मात्र पनि पर्याप्त हुँदैन, सेवा पाउनेले पनि पाएको महसुस गर्नुपर्छ । प्रहरी कर्मचारीमा उत्तरदायी सेवा प्रवाह र व्यवहारमा सुधार हुनुपर्ने प्रशस्त स्थान रहेको छ ।”
समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सेवानिवृत्त वरिष्ठ प्रहरी अधिकृतलाई दीर्घसेवा सम्मान प्रदान गरे । साथै उनले सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र सङ्गठनप्रति पुर्याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे । रासस









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया