बेसीशहर–चामे सडकमा पहिरो, यातायात ठप्प

समाधान संवाददाता २०७७ असार २५ गते १०:१७

लमजुङ

बुधबारबाट परेको अविरल वर्षाले पहिरो जाँदा बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ–मनाङ जोड्ने बेँसीशहर–चामे सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–७ र मस्र्याङ्दी गाउँपालिकास्थित खरखरे भिरमा आज बिहानैबाट सडक अवरुद्ध भएको हो ।

Advertisement

६५ किलोमिटर रहेको यस सडकखण्डअन्तर्गत बेँसीशहरको पुवाखोलामा गरिएको ढलान भत्किएको छ भने खरखरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पुवाखोलाको दुवै तर्फको ढलान करिब एक–एक मिटर भत्किएको र सडकमाथि खरखरे भिरबाट पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय दमौली तनहुँका सवइञ्जीनियर सुमन अधिकारीले बताए ।

पहिरो हटाउन र भत्किएको ढलान मर्मत गर्न समय लाग्ने र कति बेलासम्म सडक सञ्चालन हुने भन्ने निश्चित नरहेको उनकाे भनाइ छ । उहाँका अनुसार यतिबेला खरखरे पहिरो पन्छाउनका लागि एक्साभेटर लैजाने तयारी भइरहेको छ ।

Advertisement

यी ठाउँबाहेक यस सडकको विभिन्न स्थानमा समेत साना–साना पहिरो गएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । ढलान भत्किँदा र पहिरोले सडक अवरुद्ध भएपछि कुनै पनि सवारी साधन आवतजावत गर्न सकेका छैनन् ।

अझै केही दिन अविरल वर्षा हुने सम्भावना रहेकाले यस सडकको विभिन्न स्थानमा पहिरो जाने सडक भासिन सक्ने भएकाले सडक अवरुद्ध हुने उच्च सम्भावना रहेको छ । यसरी सडक अवरुद्ध हुँदा ढुवानीका सवारी साधन रोकिनु सामान्य भए पनि आकस्मिक बिरामी बोक्ने एम्बुलेन्ससमेत रोकिनु पर्दा ठूलो समस्या पैदा हुने भएको छ । रासस

Advertisement

तपाईको प्रतिक्रिया