पोखरामा ४ सहित प्रदेशभर थपिए २० संक्रमित

समाधान संवाददाता २०७७ असार २५ गते १२:४१

समाधान संवाददाता

Advertisement

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा र भरतपुरमा गरिएको परीक्षणमा प्रदेशका ७ जिल्लाका २० जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय ४९ पुगेको छ । संक्रमितमध्ये ३ सय ८६ जना निको भएर घर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया