लण्डनमा नेपाली महिलालाई आफ्नै नवजात शिशु हत्या अभियोग

रासस
आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ ।
तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मे मा नवजात शिशुलाई मारेर इङ्ग्ल्याण्डको अल्डरसटमा रहेको म्यानर पार्कमा गाडेको आरोपमा पक्राउ गरेको जनाइएको छ ।
प्रहरीका अनुसार उक्त शिशुलाई १९ मे, सन् २०१७ मा सो पार्कमा काम गर्ने एक कामदारले मर्मतसम्भारका क्रममा फेला पारेका थिए । कामदारले प्रहरीलाई खबर गरेपछि राईलगायत अन्य चार जनाविरुद्ध प्रहरीले अभियोग दर्ता गरेको थियो ।
प्रहरीका अनुसार शिशुको टाउकामा गम्भीर चोट लागेको सन् २०१८ मा गरेको शव परीक्षण रिपोर्टले देखाएको थियो । अदालतमा उक्त शिशुलाई ‘यम’ नामले सम्बोधन गरिएको थियो ।
अगस्ट १९ तारिखमा थप सुनुवाइ गर्ने गरी अदालतले आज समय तोकेको छ । दोभाषेको सहयोगमा आफ्नो कुरा राखेकी राईले अदालतले आफूलाई तारिख दिन नमाने बताउनुभयो । न्यायाधीशले उहाँलाई आफ्नो पक्षमा वकालत गर्ने वकिलले थप कागजात बुझाएर पुन तारिखका लागि निवेदन दिनसक्ने जनाएका छन् ।









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया