थपिए १०८ कोरोना संक्रमित, १३९ निको भए

समाधान संवाददाता २०७७ असार २५ गते १६:४४

समाधान संवाददाता

Advertisement

नेपालमा थप १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आज थपिएका १ सय ८ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ३९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ।

Advertisement

कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ।

Advertisement

तपाईको प्रतिक्रिया