पोखरामा मास्क नलगाउने २० जना कारवाहीमा, सय रुपैयाँ तिराइयो

समाधान संवाददाता २०७७ असार २५ गते १९:०३

समाधान संवाददाता, पोखरा

Advertisement

सरकारले घर बाहिर हिडँडुल गर्ने मानिसहरुलाई अनिवार्य मास्क प्रयोग गर्न दिएको निर्देशनको अवज्ञा गर्ने २० जनालाई बिहीबार प्रशासनले कारवाही गरेको छ ।

कास्की प्रहरीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन सचेतना जारी गरिरहँदा पनि अटेर गर्नेलाई कारवाही गरेको बताएको छ ।

Advertisement

उनीहरुबाट जनही सय रुपैयाँ जरिवाना लिएर छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए । संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा सिफारिस गरी जरिवाना लिइएको हो ।

बुधबार पनि कास्की प्रहरीले २१ जनालाई कारवाही गरेको थियो । उनीहरुबाट पनि जनही सय रुपैयाँ जरिवाना लिइएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया