नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द

समाधान संवाददाता २०७७ असार २५ गते २०:३१

समाधान संवाददाता

Advertisement

नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरिएको छ । नेपालको बारेमा गलत समाचार लगातार प्रशारण गरेपछि प्रसारण बन्द गरिएको मेगा म्याक्स टीभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।

विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटरहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकिएको हाे ।

Advertisement

डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामूहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया