म्याग्दीमा पहिराेमा पुरिएर ७ बेपत्ता
समाधान संवाददाता
२०७७ असार २६ गते ७:०८

पाेखरा
म्याग्दीको धवलागिरी गाउँपालिकामा पहिरोमा पुरिएर ७ जना बपत्ता भएका छन्। पालिकाकाे वडा नम्बर ६ मराङको रिखामा शुक्रबार बिहान पहिराे गएकाे प्रहरीले जनाएकाे छ ।
घन्टिवाङबाट बिहानपख खसेकाे पहिराेमा परी २ परिवारका ७ जना बेपत्ता भएकाे स्थानीयलाई उद्धृत गर्दै म्याग्दी प्रहरीले जनाएकाे छ ।
पहिराेमा परी भीमप्रसाद जुग्जालीकाे परिवारका ४ र धनबहादुर जुग्जालीको परिवारका ३ जना बेपत्ता भएका छन् । घर पहिरोले बगाएको छ। भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए।
घन्टिवाङका १३ परिवार पहिला नै पहिरोले विस्थापित भएका छन् । घन्टिवाङभन्दा तल रहेकाे रिखाका ६ मध्ये २ घर बगाएपछि ४ परिवार विस्थापित भएका छन् ।
सम्बन्धित







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया