सराङकोट पहिराेका मृतक र घाइतेको सनाखत

समाधान संवाददाता २०७७ असार २६ गते ८:३२

समाधान संवाददाता

Advertisement

पोखरा महानगर पालिका वडा नम्बर १८ सराङकोट गोठाधी स्थित पहिरोमा परी ज्यान जुमाउने र घाइते हुनेहरुको सनाखत भएको छ । मृतक सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ भने घाइतेको मणिपाल र पाखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

पहिरोमा परी घरमुली ५० बर्षे टंकबहादुर थापा र उनकी श्रीमती ४० बर्षीया सोममाया थापाको मृत्यु भएको छ । टंक थापाका दुई जना नातीको पनि ज्यान गएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ६ बर्षीया नाती सुवान थापाको मृत्यु भएको छ भने अन्य २ जना नाती मध्ये एक जनाको मृत्यु र एक जना घाइते छन् । टंककी छोरी दमौली घर सरस्वती श्रैष्ठ घाइते छन् । उनका दुई छोरा बर्ष ८ का शितल श्रेष्ठ र बर्ष १० का सन्देश श्रेष्ठ मध्ये एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । कुन शितल हुन र कुन सन्देश हुन चिन्ने मान्छे नभएकाले एकिन गर्न ढिलाई भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हमाले समाधानलाई बताए ।

सोही घटनमा परी छिमेकी इशिका थापाको पनि ज्यान गएको छ । उनी १९ बर्षीया छन् ।

Advertisement

घटनामा टंक थापाकी छोरी २२ बर्षकी पिंकी थापाको दुवै खुट्टा भाँचिएको छ भने १८ बर्षकी छोरी आशा थापा घाइते छिन । त्यस्तै पिंकी थापाकी छोरी ५ बर्षीया पिरिषा थापा, दमौली घर भएकी २८ बर्षीया सरस्वती थापा, छिमेकी १९ बर्षकी अनिशा तामाङ घाइते, छिमेकी बर्ष १९ को रशि थापा, बर्ष १९ कै रश्मी थापा,

तपाईको प्रतिक्रिया