पोखरा २६ मा पहिरोमा पुरिएका दुर्गाबहादुर*को शव फेला
समाधान संवाददाता
पोखरा महानगर पालिका वडा नम्बर २६ पैतेको डाँडामा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ३५ वर्षीय दुर्गाबहादुर सुनार* रहेको वडाअध्यक्ष नारायण बरालले जानकारी दिए ।
बिहीबार राति घर पहिरोमा पुरिँदा घरका अन्य सदस्य भाग्न सफल भएपनि सुनार पहिरोको चपेटामा परेका हुन् ।
उनको शव खोजी गर्न इलाका प्रहरी कार्यालय डाडाको नाकको टोली र स्थानीय बासिन्दा जुटेका थिए । अहिले उनको शब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
विहीबार मध्यरात मै पोखराको सराङकोट र हेम्जामा पहिरोमा परी ६ जनाको ज्यान गएको छ भने १० जना घाइते छन् ।
पुरिएका एक व्यक्तीको शव फेला परेको छ ।
*सच्चाइएकाे
यो पनि
सराङकोट पहिरोका मृतक र घाइतेको सनाखत
पोखरामा मृतकको संख्या ६ पुग्यो, १ वेपत्ता, १० घाइते
म्याग्दीमा पहिरोले पुरिएर ९ वेपत्ता, गलेश्वरको पक्की पुल बग्यो
तपाईको प्रतिक्रिया