पहिरोमा परेर म्याग्दीमा २२ जना बेपत्ता
समाधान संवाददाता
२०७७ असार २६ गते १०:३१

राकेश शर्मा
म्याग्दी
अविरल वर्षाका कारण म्याग्दीमा हालसम्म २२ जना बेपत्ता भएका छन् । एक जनालाई खोलाले बगाएको छ ।
बेपत्ता हुनेहरुमा पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिकाको मराङमा १२ जना छन् । त्यहाँ ४ वटा घर पूर्ण रुपमा क्षति पुगेको खबर छ । धौलागिरी गाउँपालिका–७, ताकममा २ जना पहिरोमा बेपत्ता भएका छन् ।
त्यस्तै मालिका गाउँपालिका–७ बिममा ८ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । उनका अनुसार मराङमा पनि ठूलो क्षति भएको खबर स्थानीयबासीले खबर गरे पनि प्रहरी घटना स्थलमा पुग्दै छन् ।
त्यस्तै मालिका गाउँपालिकाको ६ दुखुकी ३८ बर्षीय एक महिलालाई दुखु खोला पार गर्ने बेलामा खोलाले बगाएको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए ।
सम्बन्धित








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया