गण्डकीका ५ जिल्लामा थपिए १३ संक्रमित

समाधान संवाददाता २०७७ असार २६ गते ११:३०

पाेखरा

Advertisement

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ६२ पुगेको छ |

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशका ५ जिल्लामा १ महिलासहित १३ जनामा शुक्रबार बिहान संक्रमण पुष्टि भएकाे छ ।

Advertisement

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँकाे ब्यास नगरपालिकामा ३, भीमादमा ४ र बन्दीपुरका १ जनामा काेराेना पुष्टि भएकाे छ ।

पर्वतकाे कुश्माका १ जना, बागलुङकाे गल्काेटमा १ जना, गाेरखाकाे गाेरखा नगरपालिका १ जना र नवलपुरकाे बाै‌दीकाली गाउँपालिका २ जनामा काेराेना पुष्टि भएकाे छ ।

Advertisement

पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ |

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या ६ सय ३३ पुगेको छ । हालसम्म प्रदेशमा काेरानाे संक्रमणका कारण ३ जनाकाे मृत्यु भएकाे छ ।

तपाईको प्रतिक्रिया