पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध
समाधान संवाददाता
२०७७ असार २६ गते १२:१९

गलकाेट, रासस ।
अविरल वर्षासँगै सडकमाथिबाट आएको पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बुर्तिवाङ खण्ड गएरातिदेखि अवरुद्ध भएको छ ।
जिल्लाको गलकोट नगरपालिका–११ रिघा काउछेमा ढुङ्गासहित खसेको पहिराले लोकमार्ग अवरुद्ध हुँदा आवतजावत ठप्प भएको गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिनुभयो ।
पहिरोले करिब २५ मिटर सडक पुरेको छ । सडक अवरुद्ध हुँदा बागलुङ जिल्लाको पश्चिम क्षेत्रसहित रुकुम तथा रोल्पा पुग्ने सवारी अलपत्र परेका छन् । निरन्तरको वर्षात्का कारण लोकमार्ग खुलाउन समस्या भएको गलकोट नगरपालिकाले जनाएको छ ।
यस्तै अविरल वर्षसँगै आएको पहिरोले बागलुङका अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् ।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया