कास्की डाँडाकोनाक प्रहरी चौकी डुबानमा

समाधान संवाददाता २०७७ असार २६ गते १७:४६

समाधान संवाददाता, लेखनाथ

Advertisement

गएरातिदेखि परेको अविरल वर्षाका कारण लेखनाथस्थित डाँडाकोनाक प्रहरी चौकी डुबानमा परेको छ । वर्षासँगै मिसिएको डाँडाका मूलहरुले बनेको भल नजिकैको नालाले थेग्न नसक्दा चौकी जलमग्न भएको हो ।

कार्यालय डुबानमा परेपछि प्रहरी कर्मचारीलाई समस्या परेको छ । गुनासो कक्ष, मुद्दा शाखा, क्यान्टिन, शौचालय, पार्किङ सहितका क्षेत्रहरु पानीले डुबाएको थियो । २ तले भवनमा तल्लो तला डुबानमा परेपछि माथिल्लो तलामा सामानहरु सारिएको डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।

Advertisement

सबै तस्बिर रामशरण नेपाली, समाधान

Advertisement

तपाईको प्रतिक्रिया