म्याग्दीमा १२ जनाको शव भेटियो, २३ अझै सम्पर्कविहीन

राकेश शर्मा, म्याग्दी
लगातारको वर्षापछि गएको बाढी पहिरोको कारण हराइरहेकामध्ये म्याग्दीमा शनिबार बिहानसम्म १२ जनाको शव भेटिएको छ । म्याग्दीका प्रहरी प्रमुख डिएसपी किरणजँग कुँवरका अनुसार हराइरहेकामध्ये २३ जना अझै सम्पर्कमा आएका छैनन् ।
जिल्लाको धवलागिरी गाउँपालिका ६ मराङमा १ बालकसहित ९ जनाको शव भेटिएको छ । उनका अनुसार मराङमा एक सुत्केरी महिलासहित ८ जनालाई तत्काल उद्धार गर्नुपर्ने भएको छ । ५ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीय युवाहरुले ८ जनाको शव निकालेको र एक जना बालकको शव देखिए पनि निकाल्न नसकेको जानकारी आएको कुँवरले बताए ।
प्रहरीको टोली मराङको घटनास्थलमा अझै पुग्न सकेको छैन । मालिका गाउँपालिका ७ बिममा भने नेपाल प्रहरी र नेपाली सेना सहितको ५० जना सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार बेपत्ताको खोजी कार्य सुरु गरिएको छ । बेपत्ता हुनेहरुमा धवलागिरी ६ मराङका १४ जना र मालिका गाउँपालिका ७ बिमका ९ जना छन् ।
धवलागिरी गाउँपालिका ७ ताकमका पहिरोमा परी ज्यान गुमाएका २ र रघुगंगा गाउँपालिकाको डाडाखानीमा खोलाले बगाएको १ जनाको शव शुक्रबार नै फेला परेको थियो ।
शुक्रबार बेपत्ताको उद्धारका लागि पृतनापति गोकुल भण्डारीसहित पोखराबाट हेलिकोप्टर पुगे पनि प्रतिकूल मौसमका कारण अवतरण गर्न नसकी फर्केको थियो
त्यस्तै जिल्लाको रघुगंगा गाउँपालिका– ३ पिप्ले र बेनपा ९ घतान जोड्ने मोटरेबल पुल रघुगंगा नदिले बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बन्द भएको छ । योसँगै बेनी जोमसोम सिधा सवारी आगमन पूर्ण रुपमा बन्द भएको छ । पुल नजिकैको ३० घर परिवारलाई रघुगंगा गाउँपालिकाले नजिकै रहेको राम मन्दिरमा राखिएको छ ।
शनिबार बिहानदेखि नै सम्पर्कविहीनका खोजी र उद्धार भइरहेको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया