म्याग्दीमा १५ जनाकाे शव भेटियाे
समाधान संवाददाता
२०७७ असार २७ गते १२:१३
राकेश शर्मा, म्याग्दी
लगातारको वर्षापछि गएको बाढी पहिरोको कारण हराइरहेकामध्ये म्याग्दीमा १५ जनाको शव भेटिएको छ । म्याग्दीका प्रहरी प्रमुख डिएसपी किरणजँग कुँवरका अनुसार हराइरहेकामध्ये १८ जना अझै सम्पर्कमा आएका छैनन् ।
मृत्यु हुनेहरुमा धवलागिरी गाउँपालिका ६ मराङका ९ जना र मालिका गाउँपालिका बिमका ४ जना र दुखु गाउँकी १ महिलासहित ५ जना र रघुगंगा गाउँपालिकाको डाँडाखानीमा खोलाले बगाएको १ जना गरी हाल सम्म १५ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। उनीहरुकाे सनाखत भने हुन सकेकाे छैन ।
मराङमा एक सुत्केरी महिलालाई ओमकुमारी शान्ति कोष र जिसी ग्रुपका अध्यक्ष नारायण जिसीको समन्वयमा हेलीकाेप्टर मार्फत उद्धार गरी जिल्ला अस्पताल म्याग्दी ल्याएर उपचार गरिएकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया