पोखरामा २ सहित प्रदेशभर थपिए १४ संक्रमित
समाधान संवाददाता
२०७७ असार २७ गते १२:२०
समाधान संवाददाता
गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ५ जिल्लाका १४ जना पुरुषमा पोजेटिभ देखिएको हो ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय ७६ पुगेको छ । संक्रमितमध्ये ६ सय ३३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया