पोखरामा आज थपिएका २ जना संक्रमितको परिवारका सदस्य

समाधान संवाददाता २०७७ असार २७ गते १३:४६
x]lnsK6/af6 z'qmaf/ b]lvPsf] kf]v/f ;x/sf] b[Zo . tl:a/ M k|bLk/fh jGt, /f;;

समाधान संवाददाता

Advertisement

पोखरामा शनिबार कोरोना पोजेटिभ देखिएका २ जना संक्रमितको सम्पर्कका व्यक्ति रहेको खुलेको छ ।

दुवैजना पोखरा–१७ बिरौटाका ५३ वर्षे संक्रमित पुरुषको परिवारका सदस्य रहेको पोखरा महानगरको स्वास्थ्य महाशाखा स्रोतले जानकारी दियो । आज कोरोना पोजेटिभ देखिनेमा ८९ वर्षे वृद्ध र २५ वर्षे युवक छन् ।

Advertisement

स्रोतले भन्यो, ‘आजका दुवै संक्रमित पोखरा–१७ का हुनुहुन्छ । उहाँहरु पहिला संक्रमित देखिएकाकै परिवारका सदस्य भएकाले कन्ट्याक ट्रेसिङमा पर्नुभयो । स्वाब परीक्षण गर्दा आज पोजेटिभ देखियो ।’

पेसाले अडिटर रहेका ५३ वर्षे पुरुष कोरोनाजस्तै लक्षण देखा परेपछि परीक्षणका लागि स्वयं अस्पताल पुगेका थिए । ती पुरुष शनिबार निको भएर घर फर्किसकेका छन् ।

Advertisement

पोखराका २ सहित शनिबार गण्डकी प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ५ जिल्लाका १४ जना पुरुषमा पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कोरोना पोजेटिभ देखिनेमा तनहुँका ३, स्याङ्जाका ३, बागलुङका ३, कास्की र म्याग्दीका २/२ पुरुष छन् । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय ७६ पुगेको छ । संक्रमितमध्ये ६ सय ९७ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया