म्याग्दीमा अहिलेसम्म १९ जनाको शव भेटियो, १२ घाइतेको हेलीमार्फत उद्धार

राकेश शर्मा, म्याग्दी
म्याग्दीमा पहिरोमा परेर बेपत्ता भएकामध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । बेपत्ता भएकामध्ये धवलागिरी गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिममा हालसम्म १९ जनाको शव फेला परेको हो । अझै १२ जना वेपत्ता छन् ।
मराङको विभिन्न बस्तीमाथिबाट खसेको पहिरोमा बेपत्ता भएका १२ जना र बिममा ७ जनाको शब भेटिएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले जानकारी दिए ।
घटनास्थलमै रहेका डिएसपी कुँवरका अनुसार मराङबाट नेपाली सेनाको हेलिकप्टरले १२ जनाको उद्धार गरेको छ । पहिरोमा परेर घाइते भएकी एक सुत्केरी महिलालाई पोखराको मनिपाल शिक्षण अस्पतालमा ल्याइएको छ । बाँकी घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
धवलागिरीको मराङमा नेपाली सेनाको र प्रभु हेली मार्फत उद्धार भैरहेको छ ।
शुक्रबार बेपत्ताको उद्धारका लागि आएको नेपाली सेनाको श्छिम पृतना हेटक्वाटर बिजयपुर ब्यारेकबाट उपरथी गकुल भण्डारी सहित एमआई १७ को हेली आए पनि प्रतिकुल मौसमका कारण उद्धार नगरी फकीएको थियो ।
यो पनि
म्याग्दीमा १५ जनाकाे शव भेटियाे
म्याग्दीमा १२ जनाको शव भेटियो, २३ अझै सम्पर्कविहीन









६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ महोत्सव आजसम्म
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया