भारतबाट आएर क्वारेन्टिनमा बसेका वृद्धकाे मृत्यु

समाधान संवाददाता २०७७ असार २७ गते १६:२६

दमाैली

तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टिनमा बसेका एक वृद्धको शनिबार मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा भानु नगरपालिका–५ मैबलका ६६ वर्षीय रामबहादुर श्रेष्ठ छन् । भारतबाट आएर ५ दिन पहिला क्वारेन्टिनमा बसेका उनको बिरामी भएपछि उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

उनकाे शव गण्डकी अस्पतालमा राखिएको र स्वाब संकलन गरी कोरोना परीक्षणको तयारी भइरहेको छ ।

Advertisement

श्रेष्ठ सुगर, प्रेसर र प्यारालाइसिसको बिरामी रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया