मुस्ताङ प्रशासन जोड्ने सडक आरसिसी

समाधान संवाददाता २०७७ असार २७ गते १६:३८

Advertisement

एसके थकाली
जोमसोम

कोभिड—१९ ले सिर्जना गरेको लकडाउनका कारण मुस्ताङमा संघ तथा प्रदेश र स्थानीय तहका विकास योजना प्रभावित भएका छन् । चालु आर्थिक वर्षको संघारमा आइपुग्दा जिल्ला प्रशासन कार्यालय मुस्ताङ जोड्ने सडकको स्तरोन्नति तथा आरसिसी ढलानको कामले भने प्राथमिकता पाएको छ ।

Advertisement


प्रशासन जोड्ने उक्त सडक कोरोना कहरले जिल्लामा मजदुर अभाव हुँदा निर्माणको काम समयमै अघि बढ्न नसकेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।


जोमसोम÷कोरला सडकको जोमसोमस्थित कालिगण्डकी पक्की पुलदेखि प्रशासन कार्यालय जोड्ने भित्री सडकको स्तरोन्नति, आरसिसी, पिसिसी कल्र्भट र रिटेयरिङ स्टक्चर निमार्णका लागि गण्डकी प्रदेशको म्याग्दी पूर्वाधार विकास कार्यालयले चालु वर्ष ५३ लाख ३३ हजार बजेट बिनियोजना गरेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सोभितकुमार रायले जानकारी दिए ।

Advertisement

कुल बजेटको १० प्रतिशत स्थानीय उपभोक्ता समितिको श्रमदान र कन्टिजेन्सीको ४ प्रतिशत खर्च कटौती गरी उपभोक्ता समितिले ४८ लाखमा बनाउने जिम्मा लिएको इन्जिनियर रायले बताए ।

उनका अनुसार क्रमागत रुपमा रहेको प्रशासन जोड्ने ढलाने सडक निर्माण तथा निर्माणका लागि धमाधम काम भइरहेको र आर्थिक वर्ष सकिँदा ७० प्रतिशत काम हुने देखिएको छ ।
पहिलो वर्ष २ सय ५० मिटर सडकमा आरसिसी गर्ने लक्ष्य थियो । ५ मिटर चौडा आरसिसी सडकको मोटाइ १५ सेमीको हुनेछ । आरसिसी सडकको कल्र्भट निर्माणका लागि ५५ मिटर र रिटेयरिङ स्टक्चर ९० घन मिटरको छ ।

तपाईको प्रतिक्रिया