माइती नेपाललाई श्रीपति समाजसेवा पुरस्कार

समाधान संवाददाता २०७७ असार २७ गते १७:१२

समाधान संवाददाता
पोखरा

Advertisement

पोखरेली कोइराला वंशका गौरव श्रीपति कोइरालाको स्मृतिमा स्थापित समाजसेवा पुरस्कार पहिलोपल्ट माइती नेपाललाई दिइने भएको छ ।

श्रीपति कोइराला गुठीद्वारा सञ्चालित उक्त पुरस्कारको राशि २ लाख २२ हजार २ सय २२ रुपैयाँ छ । समाजसेवा मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएका संघ, संस्था वा व्यक्तिलाई प्रदान गरिने उक्त पुरस्कार पहिलोपटक माइती नेपाललाई प्रदान गर्ने निधो गरिएको गुठीका अध्यक्ष लक्ष्मण कोइरालाले बताए ।

Advertisement

२ सय १३औं श्रीपति जयन्तीको आवसरमा शनिबार पोखरामा पुरस्कार घोषणा गरिएको हो । पुरस्कार संस्थाको साधारणसभामा हस्तान्तरण गरिने भएको छ । विसं १८६४ असार २७ गते पोखरा गैरापाटनमा जन्मेका श्रीपतिको निधन विसं १९२६ मा भएको हाे ।

Advertisement

तपाईको प्रतिक्रिया