सामान्य भनाभनमा काकाकाे हत्या

समाधान संवाददाता
पोखरा
कास्कीकाे मादी ४ घामनुङका करिब ७८ वर्षीय १ वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । सामान्य भनाभनपछि नाताले भतिज पर्ने नवराज सापकोटाले शनिबार साँझ साढे ७ बजेतिर काका पर्ने पिताम्बर सापकोटामाथि खुकुरी प्रहार गरेका थिए ।
पिताम्बरको घटनास्थलमै मृत्यु भएको मादी ४ का अध्यक्ष सत्यराज सापकोटाले जानकारी दिए । खुकुरी प्रहारबाट अर्का १ वृद्धको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते केशवराज सापकोटाको मणिपाल अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष सापकोटाले जानकारी दिए ।
खुकुरी प्रहारपछि हार गुहार हुँदा घटनास्थल पुगेका केशवराजमाथि पनि नवराज जाइलागेका थिए ।
खुकुरी प्रहार गरी १ को हत्या र १ लाई घाइते बनाएका नवराज राति नै घरबाट भागेका थिए । भाग्ने प्रयास गरेका नवराजलाई पोखरातर्फ आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको छ ।
नवराजविरुद्ध किटानी जाहेरी दर्ता गरिएको वडाध्यक्ष सापकोटाले बताए । वडाध्यक्ष सापकोटाले राति नै इलाका प्रहरी कार्यालय डाँडाको नाक र जिल्ला प्रहरी कार्यालय कास्कीलाई घटनाबारे जानकारी गराएका थिए । ‘बेलुका नै घर छोडेर हिँडेका नवराज फरार हुनसक्ने सम्भावना देखेपछि प्रहरीलाई खबर गरेँ, नत्र भाग्ने रहेछ ।’ वडाध्यक्ष सापकोटाले भने ।
शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
कास्की प्रहरी टोली मुचुल्का उठाउन घटनास्थलतर्फ लागेको छ । घटनास्थलको मुचुल्का आएपछि पोस्टमार्टम गरी अन्त्यष्टि गरिने वडाध्यक्ष सापकोटाले बताए ।
तस्बिर : घाइते केशवराज सापकाेटा









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया