आँखैअघि जसले ८ सन्तान गुमाइन्

समाधान संवाददाता २०७७ असार २८ गते १२:१९

अनुप पौडेल, पोखरा

Advertisement

बिहानै ५ बजे केही बगिरहेकोजस्तो आवाज कानमा प-यो । म्याग्दी मराङकी रास्मती श्रीपालीले उठेर बाहिर हेरिन् । घरभन्दा पारिको डाँडा कुहिरोले ढाकेको थियो । केही देखिनन् ।

आफ्नै कोठामा फर्कन लाग्दा टिनमा ढुंगा बजारियो । पहिरो खस्न लागेको लख काटिन् । छोराबुहारीलाई बोलाइन्, कसैले सुनेनन् ।

Advertisement

आफू सुत्न आडैमा भर्खर नयाँ कोठा बनाएकी थिइन् । आँखै अघि जेठो छोराबुहारी, नाति, नातिनी र कान्छो छोरालाई पहिरोले बगायो ।

जेठो छोराबुहारी मात्रै होइन, शुक्रबार बिहानको पहिरोले जेठी छोरी, २ नाति र १ नातिनीलाई पनि लग्यो ।

Advertisement

‘उठ्उठ् भनेर जेठो छोरालाई बोलाएँ । भित्र त पहिरो खसिसकेको थियो । कहाँ पाएर बोल्थ्यो, गाइँगुइँ केही सुनिएन,’ घाइते साइँली बुहारीको उपचारलाई पोखरा आएकी रास्मतीले सुनाइन् ।

जेठो छोराबुहारी मात्रै होइन, शुक्रबार बिहानको पहिरोले जेठी छोरी, २ नाति र १ नातिनीलाई पनि लग्यो । छिमेकीसँग बिहे भएकाले जेठी छोरी पनि आडैको घरमा बस्छिन् ।

पहिरोमा परेका रास्मतीका ११ मध्ये ३ जनाले नयाँ जुनी पाए । उनका कान्छा छोरा र साइँली बुहारी अहिले मनिपाल शिक्षण अस्पतालमा छन् । बुहारी मन्जिताको २४ साताको गर्भ पहिरोले गर्दा नै खेर गयो ।

मनिपाल अस्पतालको प्रांगणमा शनिबार रास्मती श्रीपाली (छाता ओढेकी) को बह सुन्दै सामाजिक विकास मन्त्री नरदेवी पुन (बायाँ) । म्याग्दीको मराङकी रास्मतीको परिवारका ८ जना शुक्रबार पहिरोमा पुरिएर बिते । बाँचेकी गर्भवती बुहारीको उपचारलाई उनी पोखरा आएकी हुन् । तस्बिर : अनुप/समाधान

मन्जिताका श्रीमान बेनी अस्पतालमा उपचार भइरहेको छ । ४५ वर्षकी रस्मितालाई मराङमा पहिरो होइन, कहिल्यै ढुंगा खसेको पनि सम्झना छैन ।

‘त्यहाँ पहिरो होइन, ढुंगा नखसेको ठाउँ हो । अहिले नै हो यस्तो हिनामिना भएको । कहिल्यै नगएको ठाउँमा पहिरो गयो,’ रास्मतीले भनिन् ।

शुक्रबारको रात गाउँमै बित्यो । रातभर सुतिनन्, शनिबार दिउँसो बुहारी मन्जितालाई प्रहरीले उद्धार ग-यो । दुई जिउकी साइँली बुहारीलाई लिएर हेलिकोप्टरमार्फत उनी पोखरा आइन् ।

घरमाथि ढुंगा र माटो बजारिरहँदा उनले घोक्रो सुकिन्जेल गुहार मागिन् । तर, आफ्नै ज्यान जोखिममा पारेर कसले आँट गरोस् ।

‘म सुतेको कोठामा केही भएन । साइँलो छोरा, बुहारी र कान्छो छोरालाई पहिरोले पर पु¥यायो,’ रास्मतीले थपिन्, ‘कान्छोलाई त साइँला दाइले पर हुत्याइदिएछ ।’

शुक्रबारको रात गाउँमै बित्यो । रातभर सुतिनन्, शनिबार दिउँसो बुहारी मन्जितालाई प्रहरीले उद्धार ग-यो । दुई जिउकी साइँली बुहारीलाई लिएर हेलिकोप्टरमार्फत उनी पोखरा आइन् ।

मनभरि पीडा बोकेर रास्मती मनिपाल अस्पताल छिरेको यो दोस्रोपटक हो । २ वर्ष पहिले श्रीमान्लाई उपचार गर्न पोखरा ल्याएकी थिइन् । उपचारकै क्रममा श्रीमान् नरबहादुर अस्पतालमै अस्ताएका थिए । तर, रोग पत्ता लागेन ।

पोखरा हेम्जाकी दिलमाया श्रीपाली रास्मतीले २ वर्ष पहिले श्रीमान् गुमाउँदा र अहिले छोरानाति गुमाउँदा सँगै छिन् । माइलो जेठाजुकी बुहारी दिलमाया रस्मितालाई नआत्तिनु भन्दै मनोबल बढाउँछिन् ।

रास्मतीकी साइँली बुहारी मन्जिताको हेलिकोप्टरमार्फत उद्धार गरिँदै

कान्छा ससुरा नरबहादुरलाई घर लैजाने भन्दाभन्दै मनिपालमा सास छोडेको दिलमायाले बिर्सिएकी छैनन् ।

‘रोग थाहा भएन । दरबाङ स्वास्थ्यचौकीमा उपचार नभएपछि पोखरा ल्याइयो,’ दिलमायाले २ वर्ष पुरानो दिन सम्झिइन्, ‘राम्रै बोल्नुभाथ्यो, भोलि घर जाने भन्दाभन्दै अघिल्लो दिन यहीँ बित्नुभयो ।’

पोखरामै भएका आफन्तले एकैपटक ८ सन्तान गुमाएकी रास्मतीलाई हार मान्न दिएका छैनन् । अस्पतालमै हात समातेर सम्हालिरहेका छन् । रस्मिताका माइला जेठाजुको परिवार पोखरामै छ ।

गाउँमा पहिरो गएको खबर दिलमायाले फेसबुकबाटै थाहा पाइन् । पछि मुस्ताङमा रहेका श्रीमान्बाट खबर आयो – पहिरोमा आफ्नै मान्छे परे ।

पोखरा झर्न सुझाव दिँदा कान्छी सासुको परिवार मानेन । अहिले विपत्तीमा उनी आफूले पोखरा झर्न सुझाएको सम्झिन्छिन् ।

पछुतो भावमा दिलमायाले सुनाइन्, ‘पहिल्यैबाट पोखरा बसम् भनेको । यतै बसेको भए कुनै घटना घट्ने थिएन ।’

यो पनि

पाखामा घर, पहिरोको डर

म्याग्दीमा पहिरोले लियाे २७ जनाको ज्यान, ४ बेपत्ता

म्याग्दीमा १५ जनाकाे शव भेटियाे


म्याग्दीमा १२ जनाको शव भेटियो, २३ अझै सम्पर्कविहीन

तपाईको प्रतिक्रिया