भारतीय मिडिया विरुद्ध नेपालको प्रोटेस्ट नोट

समाधान संवाददाता, पोखरा ।
नेपाल सरकारले भारतीय मिडियाबाट प्रकाशन प्रसारण गरिएका समाचार सामाग्रीप्रति औपचारिक रुपमै आपत्ती जनाएको छ ।
नेपाल सरकरा परराष्ट्र मन्त्रालयले दिल्लीस्थि दूतावासमार्फत प्रोटेस्ट नोट पठाएको छ । परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार नै नेपाली दुतावासले नोट भारतीय परराष्ट्र मन्त्रालयलाई प्रोटेस्ट नोट पठाएको बताइएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दिल्ली दूतावासले बिहीबार नै भारतीय परराष्ट्र मन्त्रालयमा नेपालको आपत्तीलाई औपचारिक रुपमा दर्र्ता गराएको बुझिएको छ ।
पछिल्लो समय नक्सा प्रकरणले नेपाल भारतको सम्बन्धमा दरार आएसँगै भारतीय सञ्चार माध्यमले आपत्ति जनक समाचार मुलक सामाग्री प्रकाशन प्रशारण गरिरहेका छन्।
नोटमा भारतीय सञ्चारमाध्यमका आधारहीन, बनावटी, गलत र असंवेदनशील सामग्री प्रसारण गरेको हुँदा त्यसले नेपाली जनता र नेपालको नेतृत्वको भावनामा चोट पु¥याएको उल्लेख छ।
न्यूनतम पेशागत मर्यादा र नेपाल तथा नेपालीको अपमान गर्ने सामाग्रीका कारण दुई देशबीचको परम्परागत घनिष्ट सम्बन्धलाई असर गरेको उल्लेख छ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया