टेक्सासमा प्रहरीमाथि गोली प्रहार, २ प्रहरीको मृत्यु

रासस–एपी
संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले गोली चलाउँदा दुई प्रहरी अधिकृतको ज्यान गएको छ ।
दक्षिणी टेक्सासमा एक व्यक्तिले होहल्ला गरेको उजूरी परेपछि उक्त स्थानमा पुगेका प्रहरीमाथि गोली हानिएको प्रहरीले जनाएको छ ।
प्रहरीहरु २३ वर्षीय अडोन इग्नासियो क्यामारिल्लोलाई पक्राउ गर्न गएको तर ती व्यक्तिले प्रहरीमाथि एकाएक गोली चलाएको र प्रतिकार समेत गर्न पाएका थिएनन् ।
म्याकअलेनका प्रहरी प्रमुख भिक्टर रोड्रिगेजका अनुसार मृत्यु भएका प्रहरीहरुमा ४५ वर्षीय एडेलमिरो गार्जा र ३९ वर्षीय इस्माएल चाभेज रहेका छन् । प्रहरी प्रमुख रोड्रिगेजले शहरमा शान्ति सुव्यवस्थाका लागि अहोरात्र खटिने दुई इमान्दार प्रहरी मारिएको भन्दै दुःख प्रकट गर्नुभयो ।
गोली प्रहार गरेका क्यामारिल्लोले उक्त घटना भएलगत्तै आत्महत्या गरेका थिए । प्रहरी रेकर्डमा प्रहरीमाथि गोली चलाउने ती व्यक्तिलाई विभिन्न अपराधमा यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो ।
टेक्सासका गभर्नर ग्रेग अब्बोटले आफूले प्रहरीको सेवा र साहसप्रति सदैब गर्व गर्ने गरेको बताउँदै दिवंगत प्रहरीका परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभयो । प्रहरीको मृत्युप्रति टेक्सासका विभिन्न राजनीतिक तथा सम्बन्धित निकायहरुले दुःख प्रकट गरेका छन् ।








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया