तनहुँको ऋषिङमा पहिरोमा परी २ घरका ५ बेपत्ता
समाधान संवाददाता
२०७७ असार २९ गते ८:१५
समाधान संवाददाता, पोखरा
तनहुँमा पहिरोमा पुरिएर ५ जना वेपत्ता भएका छन् ।
ऋषिङ गाउँपालिका–८ मा सोमबार बिहान गएको पहिरोमा परेर २ घरका ५ जना हराएको सिडिओ बद्रिनाथ अधिकारीले समाधान न्यूजलाई जानकारी दिए ।
राति करिब २ बजे पहिरो खस्दा २ परिवारका ५ जना पुरिएको तनहुँका सिडिओ बद्रीनाथ अधिकारीले जानकारी दिए । उद्दारका लागि घटनास्थलमा प्रहरी पुगिसकेको उनले बताए ।
जिल्लाका अन्य ठाउँहरुमा पनि पहिरो गएको तर मानिसहरुको अवस्था सुरक्षित नै भएको सिडिओ अधिकारीले बताए ।
उनका अनुसार वर्षाका कारण ठाउठाउँमा बिजुलीको पोल ढलेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया