तनहुँमा पहिरोले २ को मृत्यु, बेपत्ता ५ जना एकै परिवारका

समाधान संवाददाता २०७७ असार २९ गते ९:०५

समाधान संवाददाता, तनहुँ

Advertisement

अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा २ जनाको मृत्यु भएको छ।

ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

Advertisement

म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ।

घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

Advertisement

यसैगरी व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

त्यस्तै ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा घर पुरिँदा ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा एकै परिवारका ५ जना छन्।

३० वर्षीय भेषबहादुर थापा, २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा र १९ वर्षीया मनिसरा थापा बेपत्ता रहेको प्रहरीले जनाएको छ।

सोही ठाउँकी ६० वर्षीया ज्योतिमाया थापालाई उपचारका लागि भीमाद ल्याइएको छ। (रासस)

प्रतिकात्मक तस्बिर

तपाईको प्रतिक्रिया