पाेखरामा मास्क नलगाउने १०२ कारवाहीमा, तिराइयाे सय रुपैयाँ

समाधान संवाददाता, पाेखरा
सार्वजनिक ठाउँमा बिना मास्क हिँडडुल गर्नेलाई सम्झाइबुझाइ गर्दा समेत अटेर गरेपछि कास्की प्रहरीले साेमबार १ सय २ जनालाई नियन्त्रणमा लिएर जरिवाना तिराएकाे छ ।
८८ पुरुष र १४ महिला गरी १ सय २ जनालाई जनही सय रुपैयाँ जरिवाना गरी छाडिएकाे कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।
संक्रामक राेग नियन्त्रण ऐन, २०२० बमाेजिम कारवाहीका लागि प्रहरीले प्रशासनमा बुझाएकाे थियाे ।
काेराेना भाइरसकाे संक्रमण फैलिरहेकाे अवस्था र लकडाउन खुकुलाे भएपछि बाहिर हिँडडुल गर्ने मानिसलाई गृहले अनिवार्य मास्ककाे प्रयाेग गर्न भनेकाे छ ।
सचेतना स्वरुप माइकिङ गर्ने, सम्झाइबुझाइ गर्दा अटेर गर्नेलाई गृहकाे निर्देशनअनुसार नै प्रहरीले कारवाही प्रक्रिया अघि बढाएकाे थियाे । यसअघि पनि पाेखरामा मास्क नलगाउने ४१ जनालाई प्रशासनले सय रुपैयाँ जरिवाना असुल गरिसकेकाे छ ।







गृह र अध्यागमनको टोली कोरला नाकामा
२ महिनापछि गण्डकी प्रदेशसभा बैठक आज बस्दै
राजनीतिक पाठशालाको सन्देश
‘निजी क्षेत्र हतोत्साहित हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया