स्याङ्जामा पहिरोले पुरिएर १ को मृत्यु ३ बेपत्ता
समाधान संवाददाता
२०७७ असार ३० गते १२:४४

समाधान संवाददाता
स्याङ्जा
अविरल वर्षासँगैको पहिरोले पुरिएर कालिगण्डकी गाउँपालिका ४ खहरेमा १ जनाको निधन भएको छ ।
पहिरोले पुरिएर ३ जना बेपत्ता भएका छन् भने १ वडा सदस्यसहित २ जना घाइते छन् ।
लगातारको वर्षासँगै गएको पहिरो हेर्ने क्रममा अर्को साइडबाट आएको पहिरोले छ जना पुरिएकोमा १ जनाको शव फेला पार्नुका साथै २ जनाको उद्धार गरेको हो ।
पहिरोबाट ७० वर्षीय इमानसिँह थापाको मृत्यु भएको हो भने अन्य ३ जना प्रेम चन्द्र पाण्डे, टीका थापा र गिमानसिँह थापा बेपत्ता छन् ।
पहिरोले वडा सदस्य होमनाथ पाण्डे र वीरबहादुर राना घाइते भएको वडाध्यक्ष चक्रपाणि पाण्डेले जानकारी दिए ।
वर्षासँगैको पहिरोका कारण पुतलीबजार नगरपालिका १ मा १ जना गम्भिर घाइते भएका छन् ।
सांकेतिक तस्बिर
सम्बन्धित







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया