स्याङ्जाका १ वर्षे बालकले जिते कोरोना

स्याङ्जा, ३० असार
अर्जुन चौपारी ५ का १ वर्षे बालक कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । बाबु र आमासँगै भारतको दिल्लीबाट जेठ ३२ गते आफ्नो गाउँ आएका बालकलाई असार १३ गते कारोना पोजेटिभ देखिएको थियो ।
दिल्लीबाट आएर वडाको सामुदायिक विद्यालयमा क्वारेन्टाइन बसेका बालकको असार ५ गते स्वाब लिइएको थियो । स्वाबको पिसिआर परीक्षणमा परिवारको बालकसहित १९ जनामा कोरोना पोजेटिभ भेटिएको थियो ।
छिमेकी सँगै संक्रमित भएर आइसोलेसन पुगेका एक वर्षे बालकको आइसोलेसनमा लिइएको पिसिआर टेस्टमा नेगेटिभ आएको हो । दूधेबालकमा कोरोना भेटिएपछि २२ वर्षीय आमा आरती परियार पनि छोरा सँगै कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा गएकी थिइन् ।
आइसोलेसन बसेका बालक सँगै रही आमा आरतीको समेत पिसिआर परीक्षणमा कोरोना भाइरस नेगेटिभ आएको हो । श्रीमान र आफू सँगै आएका छोरालाई कोरोना देखिएपछि आइसोलेन गएर आपूm र सानो दूधे छोरा समेत नेगेटिभ नतिजा आएकोमा खुसी व्यक्त गरे ।
१ वर्षे बालक सँगै कालिका अस्पताको आइसोलेसनबाट २० जना र गल्याङ अस्पतालको आइसोलेसनबाट १३ जना गरी ३३ जना कोरोना मुक्त भएका छन् ।
कालिकाबाट कोरोना संक्रमण मुक्त हुने अर्जुन चौपारीका ११ जना, भीरकोटका चार, पुतलीबजार नगरपालिकाका ३, बिरुवा र गल्याङ १÷१ जना छन् । गल्याङ अस्पतालबाट निको हुनेमा ६ जना चापाकोट, ४ जना कालीगण्डकी, २ जना गल्याङ र १ जना आँधीखोलाका छन् ।
यहाँ १९३ कोरोनाा संक्रमित भएकोमा एक सय ६१ जना निको भएर घर फर्केका छन् ।
२ जनाको निधन भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । संक्रमितमध्ये कालिका अस्पतालमा १३ जना, कुँवर समाज घर वालिङ, १२ जना, करेन्डाँडा अस्पतालमा २ जना, चापाकोटमा २ जना र १ जना गल्याङ अस्पतालको आइसोलनमा छन् ।
विदेशबाट आउने पनि कम रहेकाले संक्रमितको संख्या घटेसँगै अब आइसोलेनमा बस्ने पनि १ हप्तामा २÷४ जना हुने शर्माले बताए ।
तस्बिर: कोरोना जितेपछि एक वर्षे बालक आमा सँग ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया