गण्डकी कोरोना कोषमा सूर्य नेपालको १ करोड
समाधान संवाददाता
२०७७ असार ३० गते १६:४२
पोखरा, ३० असार
कोभिड १९ रोकथाम र नियन्त्रण गर्न गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोषमा सूर्य नेपाल प्रालिबाट १ करोड रुपैयाँ सहयोग गरेको छ । सूर्य नेपालका तर्फबाट वाणिज्य प्रमुख गौतम यादव कारखाना प्रमुख बाबुराम कार्कीले उक्त रकम मंगलबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हस्तान्तरण गरे ।
प्रदेश सरकारले खडा गरेको कोषमा यसरी आएको सहयोगमध्ये यो नै अहिलेसम्मकै ठूलो रकम भएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जनाए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया