पोखरा २२ र २६ का पुरुषमा कोरोना पोजेटिभ
समाधान संवाददाता
२०७७ असार ३० गते १८:२८
समाधान संवाददाता
पोखरामा आज थपिएका संक्रमित विदेशबाट आएको खुलेको छ । पोखरा महानगरपालिका स्रोतका अनुसार कुवेत र कतारबाट आएका वडा नम्बर २२ र २६ का पुरुषमा पोजेटिभ देखिएको हो ।
स्रोतले भन्यो, ‘२२ नम्बरका पुरुष होम क्वारेन्टाइनमा र अर्का मालेपाटनस्थित तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा हुनुहुन्थ्यो ।’
मंगलबार दिउँसो पोखरामा २ सहित गण्डकी प्रदेशमा ४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
गण्डकीमा हालसम्म संक्रमितको संख्या १२ सय ३ पुगेको छ । संक्रमितमध्ये ८ सय ७५ जना निको भएका छन् भने ४ को मृत्यु भएको छ ।
पोखरामा २ सहित गण्डकीमा थपिए ४ संक्रमित
सम्बन्धित
तपाईको प्रतिक्रिया