बेनी—जोमसोम सडकको काभ्रेभीरमा सडक भासियो
एसके थकाली, जोमसोम
अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङ जोड्ने बेनी—जोमसोम सडकखण्ड पुन अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका—३ र मुस्ताङको थासाङ गाउँपालिका—४ को सीमाक्षेत्र कोभ्रेभीर सडकमा सोमबार वर्षाले सडक भासिएको बेनी—जोमसोम—कोरला सडक आयोजनाका सब इन्जिनियर किरण घिमिरेले जानकारी दिए ।
बेनी—जोमसोम सडकखण्ड अन्र्तगत आयोजनाको प्याकेज नम्बर २ काभे्रभीर सडक शर्मा गजुरमुखीले जिम्मा लिएको हो । उक्त सडक स्तरोन्नतिको जिम्मा लिएको काभे्रभीर सडक मुस्ताङ प्रवेश गर्ने सबैभन्दा बढी जोखिम स्थानमा पर्छ । अन्नपूर्ण गाउँपालिकाको काभे्र गाउँ र थासाङ गाउँपालिकाको तल्लो घाँसासम्म जोडिने करिब ५ सय मिटर लामो अग्लो कडा चट्टाने पहाडबाट ट्रयाक विस्तार भएको हो । यसअघि उक्त सडकको ट्रयाक नेपाली सेनाले खोलेको थियो ।
बर्खायामको वर्षाले त्यसस्थानमा बर्सेनि पहिरो जाने र सडक भासिने क्रम भइरहन्छ । वर्षाले काभे्रभीरमा करिब १५ मिटर सडक भाँसिएको सब इन्जिनियर घिमिरेले बताए । उनका अनुसार सडक ५ मिटर चौडा भाँसिएकाले दोहोरो सडक आउजाउ बन्द भएको हो । सबइन्जिनियर घिमिरले भने, ‘कालिगण्डकी नदीमा बेस वाल उठाएर विस्तार भएको काभ्रेभीर सडक भासिएको छ । सडकमा यातायात चलाउन त्यहाँ भासिएको अवस्थाको अध्ययन गर्नुपर्छ । कालिगण्डकी नदीबाट बेश उठाउन सम्भव नभएमा रक कटिङ गर्नुपर्ने हुन्छ ।’ उनले सडक अवरुद्ध भएको स्थानमा अहिले वर्षा भइरहेकाले सडकको ट्रयाक खोल्ने काम सुरु हुन नसकेको बताए । सबइन्जिनियर घिमिरेका अनुसार वर्षा रोकिएमा सडक ट्रयाक खोल्न एकसाता लाग्नसक्ने जनाए ।
यसअघि अविरलको वर्षाले मुस्ताङको थासाङ गाउँपालिका—४ को थाप्लाङ खोला, सोही वडाको चेतनडाँडा र थासाङ—३ को लेते खोला नजिक पहिरोले सडक अवरुद्ध भएको थियो । यस्तै म्याग्दीको रघुगंगा गाउपालिका गलेश्वरस्थित अस्थायी बेलीब्रिज बाढीले क्षति बनाएको थियो । सबइन्जिनियर घिमिरले त्यहाँ अस्थायी रुपमा बेलिब्रिज माथि उठाएर सडक सहज बनाउनेकार्य अघि बढाइएको छ । दुबै स्थानमा भएको सडक असहजतालाई समाधान गर्न करिब १० दिन लाग्नसक्ने उनको भनाइ छ । बेनी—जोमसोम सडकमा ठाउँठाउँमा दैनिक बाढी आउने, सडक भाँसिने र पहिरो जाने गर्नाले बेनी—जोमसोम यात्रा कष्ठकर बनेको छ ।
पटकपटकको सडक अवरुद्धका कारण मुस्ताङमा निर्माण सामग्री तथा खाद्यान्न ढुवानी गर्न अप्ठ्यारो परेको जनाइएको छ । बाढी÷पहिरो र सडक अवरुद्धले म्याग्दी र मुस्ताङ आउजाउ गर्न् सर्वसाधारणले समेत सास्ती भोग्न बाध्य भएका छन् ।
तपाईको प्रतिक्रिया