ज्यान गयो, तर धारोमा पानी आएन

समाधान संवाददाता
स्याङ्जा
रातभर पानी परेपछि बिहान धारामा पानी आएन । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ खहरेका ६ दाजुभाइ खानेपानीको मूलमा पुगे । कोही मुहान सफा गर्नतर्फ लागे । कोही पाइप बोक्न लागे । एकैछिनमा पहिरो खस्यो ।
सबैलाई पहिरोले बगायो । पहिरोमा बगेका २ जना उम्कन सफल भए । ‘पानी नआएपछि मुहानमा जानुभएको थियो । सुरुमा सुख्खा पहिरो खसेछ । पछि भेलसहितको पहिरो आएछ,’ वडा सदस्य सरस्वती पाण्डेले भनिन् ।
खानेपानीको मुहानमा पुगेका ३ जनाले घर फर्किन पाएनन् । कालिगण्डकी गाउँपालिका–४ खहरेका ६५ वर्षे इमानसिंह राना, ६० वर्षे जिमानसिंह थापा र ५० वर्षे टीकाबहादुर थापाको मृत्यु भयो ।
इमानसिंह राना साविकको विर्घा गाविसका अध्यक्ष हुन् । पहिरोमा परेर घाइते भएका २ जनाको पाल्पामा उपचार भइरहेको छ । घाइते हुनेमा ६८ वर्षे होमनाथ पाण्डे र ५५ वर्षे वीरबहादुर पाण्डे घाइते भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
पहिरोमा परेर घाइते भएका ६८ वर्षे पाण्डे सोही वडाका वडासदस्य समेत हुन् । ‘घाइतेहरु पानी बनाउनलाई पाइप सार्न लाग्नुभएछ । अरु मुहानमा पानी बनाउन लाग्नुभएछ । वडासदस्य ज्यूलाई अर्का घाइतेले पहिरोबाट तान्नुभएछ,’ वडा सदस्य पाण्डेले भनिन् ।
उनका अनुसार सामान्य घाइते भएका दुवैको पाल्पामा उपचार भइरहेको छ । वडा सदस्य पाण्डेका अनुसार पहिरोले खानेपानीको मुहान नै पुरेपछि अहिले गाउँमा पानी आएको छैन ।
पहिरोमा पुरिएका खहरेकै ६० वर्षे प्रेमचन्द्र पाण्डे अझै वेपत्ता छन् । स्थानीय, नेपाल आर्मी, नेपाल प्रहरी र शसस्त्र प्रहरी खोजीका लागि दिनभर खटिए पनि उनी नभेटिएको गाउँपालिका उपाध्यक्ष सावित्रा कोइरालाले जानकारी दिइन् । उनले भनिन्, ‘मान्छेले खोज्न सम्भव नै थिएन । डोजर प्रयोग गर्दा पनि उहाँ भेटिनु भएन । बिहान फेरि खोजी थाल्छौं ।’
लगातारको वर्षाले खहरेका ४ घर जोखिममा परेका छन् । जोखिममा परेका ४ परिवारका २३ जनालाई छिमेकीको घरमा बस्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानाकारी दिए । विस्थापितलाई १/२ दिनमा स्थानीय विद्यालय वा टहरा बनाएर व्यवस्थापन गरिने उनको भनाइ छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया