भारतमा एकै दिन २९ हजार बढी सङ्क्रमित

नयाँदिल्ली, (रासस-एएनआई)
भारतमा एकैदिन कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे २९ हजारसम्म पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ४२९ सङ्क्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल सङ्क्रमितको संख्या नौ लाख ३६ हजार १८१ पुगेको छ ।
त्यसैगरी भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या २४ हजार ३०९ पुगेको छ । ती मध्ये ५८२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या तीन लाख १९ हजार ८४० रहेको छ भने पाँच लाख ९२ हजार ३२ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै सङ्क्रमितहरु रहेको महाराष्ट्र राज्यमा सङ्क्रमितहरुको संख्या दुई लाख ६७ हजार ६६५ पुगेको छ । तीमध्ये दश हजार ६९५ जनाको मृत्यु भइसकेको छ ।
त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको तमिलनाडु प्रदेशमा कुल एक लाख ४७ हजार ३२४ सङ्क्रमित हुँदा दुई हजार ९९ जनाको मृत्यु भएको छ । केन्द्रीय राजधानी रहेको दिल्लीमा पनि एक लाख १५ हजार ३४६ जना सङ्क्रमित भएका छन् भने तीन हजार ४४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।







औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया