पहिराबाट घाइते भएकालाई खेलकूदमन्त्री विश्वकर्माले भेटे
समाधान संवाददाता
२०७७ असार ३१ गते १९:२६
समाधान संवाददाता, पोखरा
युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले सराङकोटस्थित पहिराबाट घाइते भएकाहरुलाई भेटेका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत घाइतेलाई बुधबार उनले भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
मन्त्री विश्वकर्मा बुधबार पोखरा आइपुगेका थिए । लगत्तै उनले पहिरोले क्षति पु¥याएको ठाउँ सराङकोट पुगि प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए ।
गत शुक्रबार सराङकोट गोठादीस्थित टंकबहादुर थापामगरको घरमाथि पहिरो खस्दा ५ जनाको मृत्यु भएको थियो । पहिरोबाट ६ जना घाइते भएका थिए ।
मन्त्री विश्वकर्मा निर्वाचन क्षेत्रमा भएका पूर्वाधार विकासका आयोजनाहरुको अनुगमन सकेर २ दिनपछि काठमाडौं फर्केने तयारी छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया