फर्स्ट माइक्रोफाइनान्सकाे कामु कार्यकारीमा दानराज पन्त
पाेखरा
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तीय संस्थाको कायममुकायम प्रमुख कार्यकारी अधिृकतमा दानराज पन्त नियुक्त भएका छन् ।
प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीको कार्यावधि असार ३१ मा सकिएपछि पन्थ कामु भएका हुन् ।
फर्स्ट माइक्रोफाइनान्सनले बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब २३ करोड ऋण सापटी लिएर ५ अर्ब ६० करोड थोक कर्जा प्रवाह गरेको छ । संस्थाको चुक्ता पूँजी ८० करोड छ ।
बिएस्सी कृषिको अध्ययन पश्चात लघुवित्त क्षेत्रमा प्रवेश गरेका पन्त अर्थशास्त्रमा स्नातकोत्तर हुन् । लमजुङका पन्तसँग लघुवित्त क्षेत्रमा १७ वर्षको अनुभव छ । । विसं २०६८ मा छिमेक लघुवित्त विकास बैंकमा शाखा प्रबन्धकमा प्रवेश गरी पन्त अनुगमन प्रमुख तथा सहायक क्षेत्रीय प्रवन्धक लगायतका पदमा रही ६ वर्ष काम गरेर त्यहाँको व्यवस्थापन समितिको सदस्यको रुपमा नीति निर्देशिका लगायत रणनैतिक योजनामा सहभागी भएका थिए ।
मुक्तिनाथ विकास बैंकमा प्रबन्धक पदमा तीन वर्ष लघुवित्त विभाग प्रमुखको जिम्मेवारी सम्हालेर सो लघुवित्त बैंकिङ्काे जग बसाली विकास बैंकलाई चर्चाको शिखरमा पुर्याउन उनकाे ठूलो योगदान छ ।
फर्स्ट माइक्रोफाइनान्सको कम्पनीको असार ३१ गतेको सञ्चालक समिति बैठकले पन्तलाई कम्पनी सचिवको समेत जिम्वेवारी यथावत रहने गरी कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त ग गरेको हो ।
फर्स्ट माइक्रोफाइनान्स “घ” वर्गको राष्ट्रिय स्तरकोे थोक लघुकर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापना भई २०६६ साल पौष २४ गतेदेखि कारोवार थालेको हो । यसले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्था तथा ग्रामीण क्षेत्रमा कार्यरत समुदायमा आधारित भएर वचत तथा ऋणको कार्य गरिरहेका बचत तथा ऋण, बहुउद्घेश्यीय र साना किसान सहकारी संस्थालाई दिगो लघुवित्त सेवाका लागि थोक लघुकर्जा प्रदान गरिरहेको छ ।
यसबाट थोक कर्जा लिई रहेका साझेदारी ऋणी संस्था १ सय २० छन् । चितवनको भरतपुर र मोरगको उर्लाबारीमा दुई शाखा रहेको यसमा २१ कर्मचारी कार्यरत छन् । फस्र्ट माइक्रोफाइनान्सले ऋणी साझेदार संस्थामार्फत विपन्न वर्गमा कर्जा प्रवाह गरी विपन्न तथा न्यून आय भएका लक्षित वर्गको जीविकोपार्जनमा टेवा प्रदान गर्ने तथा जीवनस्तर उकास्न सहयोग पु¥याउने प्रमुख उद्देश्यका साथ कारोवार गर्दै आएको छ ।
पन्तले आफ्नो जिम्मेवारीसँगै संस्थालाई लघुवित्त क्षेत्रमा अझै बढी प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । भारत, श्रीलंका, थाईल्याण्डका माइक्रोफाइनान्स लघुवित्त संस्थाको अध्ययन भ्रमण गरेका पन्तले सिग्यापको फाइनान्सियल परफरमेन्स म्यानेजमेन्ट तालिम कोर्स, कोडि इन्स्टिच्युट अफ जेभिएर फ्रान्सिज युनिभर्सिटिकाे कम्युनिटी बेस्ड माइक्रोफाइनान्स फर फाइनान्सियल इन्क्लुजन कोर्स र द माइक्रोफाइनान्स एसोसिएसन युकेको माइक्रोफाइनान्स सस्टेनेविलिटी म्यानेजमेन्ट अनलाइन तालिम लिएका छन् ।
लघुवित्तको अतिरिक्त युएनडिपी र अक्सफोर्ड युनिभर्सिटीकाे डिजाइनिङ्ग मल्टिडायमेन्सनल पोभरर्टी इन्डेक्स अनलाइन कोर्स लिई त्यसको प्राविधिकको लिस्टमा पन्त सूचीकृत छन् ।
तपाईको प्रतिक्रिया