कांग्रेस नेता मेजर दीपक गुरुङको निधन
समाधान संवाददाता
२०७७ साउन २ गते १५:३८

नेपाली कांग्रेस नेता एवं पूर्वसांसद दीपक गुरुङको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारकै क्रममा उनको शुक्रबार निधन भएको हो । उनी मिर्गाैलाको रोगबाट पीडित थिए ।
नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य भएका उनी २०६५ सालको उपनिर्वाचनमा कास्की १ बाट संधिवान सभा सदस्यका उम्मेदवार थिए । तर उनी तत्कालीन माओवादी उम्मेदवार कृष्णबहादुर गुरुङसँग पराजित भएका थिए ।
गुरूङ कांग्रेसको भ्रातृ संस्था भूतपूर्व सैनिक संघको ३ कार्यकाल सभापति थिए । ब्रिटिस सेनाको मेजरबाट अवकास पाएपछि उनी लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहे । कास्कीको मादी गाउँपालिका वडा नम्बर २ ताङतिङका स्थायी बासिन्दा दीपक पोखरा र काठमाडौं बस्दै आएका थिए । उनी ८३ वर्षका थिए ।
सम्बन्धित









सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया