का‌ंग्रेस नेता मेजर दीपक गुरुङको निधन

समाधान संवाददाता २०७७ साउन २ गते १५:३८

नेपाली कांग्रेस नेता एवं पूर्वसांसद दीपक गुरुङको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारकै क्रममा उनको शुक्रबार निधन भएको हो । उनी मिर्गाैलाको रोगबाट पीडित थिए ।

Advertisement


नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य भएका उनी २०६५ सालको उपनिर्वाचनमा कास्की १ बाट संधिवान सभा सदस्यका उम्मेदवार थिए । तर उनी तत्कालीन माओवादी उम्मेदवार कृष्णबहादुर गुरुङसँग पराजित भएका थिए ।


गुरूङ कांग्रेसको भ्रातृ संस्था भूतपूर्व सैनिक संघको ३ कार्यकाल सभापति थिए । ब्रिटिस सेनाको मेजरबाट अवकास पाएपछि उनी लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहे । कास्कीको मादी गाउँपालिका वडा नम्बर २ ताङतिङका स्थायी बासिन्दा दीपक पोखरा र काठमाडौं बस्दै आएका थिए । उनी ८३ वर्षका थिए ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया