रानाभाट निवासमा श्रद्धाञ्जली सभा

समाधान संवाददाता २०७७ साउन २ गते १९:५३

पोखरा

Advertisement

पूर्वसभामुख तारानाथ रानाभाटकी आमाको निधनको ११ औं दिनको पुण्यतिथिमा शुक्रबार उनकै निवासमा श्रद्धाञ्जली सभा भएको छ ।
सभामा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला लगायत पार्टीका केन्द्रीय सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै पार्टी वरिष्ठ नेता पौडेलले विभिन्न कालखण्डमा भएका आन्दोलनको बेला रानाभाटकी माता खिमकुमारी रानाभाटले खेलेको भूमिकाले यस क्षेत्रको आन्दोलन सफल भएको स्मरण गरे ।

Advertisement

पञ्चायतकालीन व्यवस्थामा कांग्रेसका नेताहरुमात्र नभई अन्य पार्टीका नेताहरुको पनि जमघट थलो रानाभाट निवासमा स्व. खिमकुमारी राजनीतिमा गरेको निष्ठा र त्यागको सदैव सम्झनलायक भएको बताए ।

पार्टीका महामन्त्री कोइरालाले स्व. खिमकुमारीको निधनले अपूरणीय क्षति पुगेको बताए । पञ्चायती व्यवस्थाविरुद्ध उनको चेतनाका कारण त्यसबेलाको सरकारका विरुद्ध डटेर सामना गरेको स्मरण गरे ।

Advertisement

श्रद्धाञ्जली सभामा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, धनराज गुरुङ, बद्री पाण्डे, गुरु बराल, जीवन परियार, आमन्त्रित केन्द्रीय सदस्य विश्व गुरुङ, गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, पार्टीका जिल्ला सभापति कृष्ण केसी, कांग्रेस इकाइ सभापति कृष्णमोहन भट्टराई, सचिव शिव रानाभाट लगायतले स्व.रानाभाटको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरे ।

१९७७ सालको विजयादशमीको दिन जन्मेकी खीमाकुमारीको १ सय वर्षको उमेरमा असार २३ गते स्वर्गारोहण भएको थियो । उनका तारानाथसहित खिलेन्द्र, देवेन्द्र र सुरेन्द्र रानाभाट गरी ४ छोरा छन् । खीमादेवी र शोभाकुमारी २ छोरी छन् । तीमध्ये देवेन्द्र रानाभाट नेपाली कांग्रेस कास्कीका सचिव छन् ।

त्यसैगरी पार्टीका महामन्त्री सशांक कोइरालाले शुक्रबार पोखरा १० निवासी बुद्धिबहादुर थापा, गोविन्दबहादुर थापा र खड्कबहादुर थापाकी आमा स्व चन्द्रकला थापाको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरे ।

तपाईको प्रतिक्रिया