पोखरा फोटोग्राफी अवार्ड भदौ ३ गते

समाधान संवाददाता २०७७ साउन २ गते १९:५६

पोखरा

Advertisement

पोखरा फोटोग्राफर संघ, पोखरा नेपालद्वारा सञ्चालित दोस्रो पोखरा फोटोग्राफी अवार्ड २०७७ भदौ ३ गते हुने भएको छ । उक्त दिन विश्व फोटोग्राफी दिवस पर्छ ।

संघले २०७५ सालबाट सुरु गरेको अवार्ड हरेक २÷२ वर्षको पिश्व फोटो फोटोग्राफी दिवसमा हुँदै आएको छ । अग्रज फोटोग्राफरको सम्मान र प्रतियोगिताको माध्यमबाट सिप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ गरिँदै आएको अवार्ड विभिन्न विधाहरुमा प्रदान गरिन्छ ।

Advertisement

संघको ३९ औं वार्षिकोत्सवको अवसर पारेर आयोजित खुला रक्तदान तथा पोखरा फोटोग्राफी अवार्ड घोषणा कार्यक्रम शुक्रबार मानव अधिकार चोकमा भएको छ । संघका अध्यक्ष रविनाथ दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका संरक्षक गणेश छवि, गण्डकी फोटोग्राफर संघका अध्यक्ष दुर्गाप्रसाद पौडेल, कैलाश बचत तथा ऋण सहकारीका अध्यक्ष शिवहरि अधिकारी, पूर्वअध्यक्ष नारायण बाटाजु, निवर्तमान अध्यक्ष तुलसीराम सुवेदी लगायतले बोलेका थिए ।

पोखरा फोटोग्राफर संघले हरेक वर्ष साउन २ गते वार्षिकोत्सव कार्यक्रम गर्दै आइरहेको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरिएको संयोजक नन्दकला पौडेलले जानकारी दिइन् । कार्यक्रममा २८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको सञ्चालन संघका सचिव कपिल सापकोटाले गरेका थिए । धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन प्रथम उपाध्यक्ष परशुराम आचार्यले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया