महानगरको विपद् कोषमा थुप्तेनको ५० हजार

पोखरा
पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोषमा पाल युवाम नामग्याल थुप्तेन दारगेलिङं (स्कुल) फाउन्डेसन पोखराले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट, पाल युवाम नामग्याल थुप्तेन विद्यालयका प्रिन्सिपल ग्याच्छो गुरुङ, शिक्षक छिमे गुरुङ र सोनाम लामासहित टोलीले पोखरा महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङलाई संयुक्त रुपमा उक्त रकमको चेक हस्तान्तरण गरे ।
कोरोना भाइरसको कहरसँगै फेरि बाढी पहिराको विपद्को सामना गर्नुपरेको बताउँदै सांसद इन्द्रधारा विष्टले संकटका बेला सबैले सहयोग गर्नुपर्ने बताए । उनले उक्त फाउन्डेसन महानगरमा रहेकाले दुःखमा साथी बन्नेको सुनाए । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले कोरोनासँगै बाढी पहिरोले नागरिकले ज्यान गुमाएको जानकारी गराए ।
फाउन्डेसनले पोखरा महानगरपालिकाभित्र ५ सय परिवारलाई राहत समेत वितरण गर्ने भएको छ । कोरोनाबाट चुल्हो बाल्न अप्ठेरो भएका र बाढी पहिरोबाट विस्थापित हुनुपरेका परिवारलाई राहत वितरण गर्ने बताइएको छ । महानगरसँगको समन्वयमा उक्त राहत वितरण गरिने छ ।









पोखराको पामेमा राष्ट्रिय अटोक्रस च्याम्पियनसिप: ३६ राइडरबिच प्रतिष्पर्धा
कांग्रेसमा विशेष महाधिवेशनको दबाब: महामन्त्री थापालाई बुझाइयो स्मरण पत्र, पुस २८ सम्मको समयसीमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया