महानगरको विपद् कोषमा थुप्तेनको ५० हजार

पोखरा
पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोषमा पाल युवाम नामग्याल थुप्तेन दारगेलिङं (स्कुल) फाउन्डेसन पोखराले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट, पाल युवाम नामग्याल थुप्तेन विद्यालयका प्रिन्सिपल ग्याच्छो गुरुङ, शिक्षक छिमे गुरुङ र सोनाम लामासहित टोलीले पोखरा महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङलाई संयुक्त रुपमा उक्त रकमको चेक हस्तान्तरण गरे ।
कोरोना भाइरसको कहरसँगै फेरि बाढी पहिराको विपद्को सामना गर्नुपरेको बताउँदै सांसद इन्द्रधारा विष्टले संकटका बेला सबैले सहयोग गर्नुपर्ने बताए । उनले उक्त फाउन्डेसन महानगरमा रहेकाले दुःखमा साथी बन्नेको सुनाए । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले कोरोनासँगै बाढी पहिरोले नागरिकले ज्यान गुमाएको जानकारी गराए ।
फाउन्डेसनले पोखरा महानगरपालिकाभित्र ५ सय परिवारलाई राहत समेत वितरण गर्ने भएको छ । कोरोनाबाट चुल्हो बाल्न अप्ठेरो भएका र बाढी पहिरोबाट विस्थापित हुनुपरेका परिवारलाई राहत वितरण गर्ने बताइएको छ । महानगरसँगको समन्वयमा उक्त राहत वितरण गरिने छ ।








एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया