गण्डकीमा बाढीपहिरोमा ५५ जनाको मृत्यु, ७ बेपत्ता
समाधान संवाददाता
२०७७ साउन ३ गते १३:०७
समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा पछिल्लो एक सातामा बाढीपहिरोका २१ घटनामा परेर ५५ जनाले ज्यान गुमाएका छन् । प्रदेशका ५ जिल्लाका २९ पुरुष र २६ महिलाको पहिरोमा पुरिएर ज्यान गएको हो ।
पहिरोमा पुरिएका ७ जना अझै नभेटिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । पहिरोले सबैभन्दा धेरै म्याग्दीमा २८ जनाको मृत्यु भएको प्रवक्ता एवं एसएसपी किरण रानाले जानकारी दिइन् ।
पहिरोमा पुरिएर तनहुँमा ११, कास्कीमा १०, लमजुङ र स्याङ्जामा ३/३ जनाको मृत्यु भएको छ । प्रवक्ता रानाका अनुसार पहिरोमा पुरिएका म्याग्दीका ४, स्याङ्जाका २ र तनहुँका १ जना अझै बेपत्ता छन् ।
यो पनि
जन्मदिनमा पहिरोले खोस्यो पिंकीको माइती
सडकले चुँड्यो प्रेमबहादुरका लालाबाला
सम्बन्धित
तपाईको प्रतिक्रिया