पोखरा महानगरपालिका भित्रकाे अनियमितताप्रति कांग्रेसको ध्यानाकर्षण

समाधान संवाददाता २०७७ साउन ३ गते १७:४०

समाधान संवाददाता
पोखरा

Advertisement

नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाको ठेक्का टेन्डरमा देखिएको अनियमितताप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

कास्की कांग्रेसको शनिबारको बैठकले विभिन्न संचारमाध्यममा ठेक्का टेण्डरमा देखिएको अनियमितता बारे समाचार आइरहेको उल्लेख गर्दै त्यस्तो अनियमितताप्रति ध्यानाकर्षण भएको प्रवत्ता नवीन सिग्देलले बताए ।

Advertisement

कास्की कांग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र पोखरा महानगरपालिका सभापतिसहितको संयुक्त बैठकमा पोखरा महानगरपालिकाका राष्ट्र सेवक कर्मचारीमाथि गरिएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

टेण्डर सम्वन्धी अनियमितता र राष्ट्र सेवक कर्मचारीमाथिको अभद्र व्यवहार बारे सत्यतथ्य छानविन गरी दोषीमाथि कारवाही गर्न बैठकले माग गरेको छ ।

Advertisement

बैठकले ३८ औं विपी स्मृति दिवसमा साउन ६ गते पोखरा २६ पैतेडाँडाका बाढिपहिरो पीडित परिवारलाई राहत वितरण गर्ने, वृक्षरोपण गर्ने र विगतका वर्षहरुमा रोपिएका बिरुवाको गोडमेल गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाली कांग्रेसका नेता मेजर दीपकबहादुर गुरुङको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।

दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै नेता गुरुङले पार्टीमा पु¥याएको योगदान अविश्मरणीय रहने जनाएको छ ।

बैठकले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ स्थित खोराकोमुखमा पहिरोका कारण पुगेको क्षतिप्रति दुख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

बैठकले पीडित परिवारलाई राहत र सुरक्षित बसोबासको व्यवस्था मिलाउन समेत माग गरेको छ । बैठक कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो ।

तपाईको प्रतिक्रिया