व्यावसायिक कृषकहरुलाई सहयोग र राहत

समाधान संवाददाता २०७७ साउन ३ गते १७:४९

समाधान संवाददाता
स्याङ्जा

Advertisement

भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र स्याङ्जाले व्यावसायिक कृषकहरुका लागि यान्त्रीकरण सामग्री र राहत वितरण गरेको छ । विज्ञ केन्द्रले यान्त्रीकरण सामग्री ७० प्रतिशत अनुदानमा प्रदान गरेको हो ।

विज्ञ केन्द्रले भैंसीको गोबर फाल्ने हिल ब्यारो १७ कृषकलाई २० थान, २ फार्म र गाई पालक १ किसानलाई दूध दुहिने मेसिन प्रदान गरेको हो ।

Advertisement

यस्तै एक संस्थालाई पास्चराइज मेसिन, २ संस्थालाई कुखुराको भुत्ला फाल्ने मेसिन, एक संस्थालाई एलाइजर मेसिन प्रदान गरेको हो ।

विज्ञ केन्द्रले ८ लाख १२ हजार बराबरको यान्त्रीकरण सामग्री र घर गोठ जलेका सन्तोष पाण्डेलाई ५० हजार राहत प्रदान गरेको हो । इन्द्रेणी बंगुर फार्म र मिलीजुली बंगुर फार्मलाई लकडाउनमा बंगुर मरेर पुगेको क्षतिका आधारमा ५०÷५० हजार राहत वितरण गरेको हो ।

Advertisement

कार्यालय निकालेको सूचना अनुसार आएका निवेदनका आधाारमा व्यावसयिक कृषक छनोट गरिएको हो । यान्त्रीकरण सामग्री तथा राहत गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्री लेखबहादुर थापाले प्रदान गरेका हुन् । कार्यक्रममा मन्त्री थापाले यान्त्रीकरण सामग्रीको सदुपयोग गर्न आग्रह गरे ।

कृषिलाई औद्योगिक क्षेत्रमा लग्ने उद्देश्ले व्यावसायिक रुपमा कृषिमा लागेकालाई यान्त्रीकरण सामग्री र अनुदान दिएको उनको भनाइ थियो ।

एक चोटी अनुदान लिएकाले ५ वर्ष सम्म कतैबाट अनुदान लिन नपाउने र व्यावसायिक रुपमा गर्नेले मात्र अनुदान पाउने मन्त्री थापाले बताए । केन्द्र, प्रदेश र स्थानिय स्तरबाट अनुदान लग्ने कार्यलाई रोक्नु पर्ने भन्दै मन्त्री थापाले दोहोरो सुविधा लिनेलाई कारवाही गरिने बताए ।

कार्यक्रममा प्रदेश सभा विधायन समिति सभापति मोहनप्रसाद रेग्मी, प्रदेश सभा सदस्य दीपक थापा, जिल्ला समन्वय समिति प्रमुख सीताकुमारी सुन्दास, पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्री, पूर्व जिविस सभापति रामबहादुर थापा, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष मोतिप्रसाद पौडेल लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया