ड्रममा डुबेर पराजुलीकाे मृत्यु
समाधान संवाददाता
२०७७ साउन ३ गते १७:५६
स्याङ्जा
फेदीखोला गाउँपालिका १ कटुन्जेस्वाँरामा १ जनाको प्लास्टिकको ड्रममा डुबेर मृत्यु भएको छ ।
स्थानीय ६९ वर्षीय गोविन्दप्रसाद पराजुलीको आफ्नै घर र गोठको बीचमा रहेको भैंसीलाई खुवाउन पानी राख्ने २ सय लिटरको प्लास्टिकको ड्रममा डुबेर मृत्यु भएको हो ।
भैंसी गोठमा कुँडो खुवाउन गएका पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
सामान्य ड्रममा डुबेर पराजुलीको मत्यु भएकाले कसरी घटना भयो भन्ने बारेमा अनुसन्धान थालिएको अधिकारीले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया