स्याङ्जामा ३८ वटा क्वारेन्टाइन खाली

समाधान संवाददाता
स्याङ्जा
कोरोनाको महामारीमा विदेशबाट आउने बढेसँगै भरिभराउ भएका स्याङ्जाका ३८ वटा क्वारेन्टाइन खाली भएका छन् । कोरोनाको महामारीमा भारत तथा तेस्रो मुलुकबाट आएपछि ५२ वटा क्वारेन्टाइनमा राएिको थियो ।
एकै दिन ५२ ठाउँमा ९ सय ७२ जना क्वारेन्टाइनमा बसेकोमा अहिले १४ वटामा मात्र रहेको जिल्ला प्रसासन कार्यालले जनाएको छ ।
अर्जुन चौपारी गाउँपालिकामा ३ जना मात्र क्वारेन्टाइनमा छन् भने सबैभन्दा धेरै आँधीखोलामा २१ जना छन् । हाल जिल्लाभर १ सय ६२ जना क्वारेन्टाइनमा छन् ।
कोरोनाको महामारीमा सबैभन्दा धेरै कालिगण्डकीमा नौ ठाउँमा क्वारेन्टाइन बनाइएको थियो भने सबै भन्दा थोरै आधिखोला, बिरुवा र पुतलीबजारमा २÷२ वटा छन् ।
जिल्लामा क्वारेन्टाइनमा बसेर २ हजार ६ सय ३८ जना पाािलकाले बनाएको क्वारेन्टाइनमा बसेर फर्केका छन् भने ६ सय २९ होम क्वारेन्टाइनमा बसको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानाकारी दिए ।
भारत तथा तेस्रो मुलुकबाट आउने क्रम ९० प्रतिशत कमी आएको बताउँदै क्षेत्रीले अब स्वाब लिएका धेरै रहेकाले अझै क्वारेन्टाइनको संख्या १ पालिका १ मात्र रहने बताए ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया