वालिङकाे श्रवणकुमार पार्कमा वृक्षरोपण

समाधान संवाददाता
वालिङ
वालिङ नगरपालिका ८ को श्रवणकुमार पार्कमा शनिबार वृक्षरोपण गरिएको छ । वालिङ नगरपालिका, युएनडिपी नेपाल र दियालो संस्थाको आर्थिक सहयोग तथा स्थानीय नवप्रभात युवा क्लवको साझेदारीमा बिरुवा रोपिएको हो ।
युएनडिपी नेपालको ‘प्लान्टेसन क्यापेन टु सपोर्ट ग्रीन रिकोभरी फ्रम द पान्डेमिक्स’ कार्यक्रम अन्तर्गत विभिन्न जातका बिरुवा रोपिएको हो ।
कार्यक्रममा नगरप्रमुख दिलीपप्रताप खाँणले श्रवणकुमार पार्कलाई आन्तरिक पर्यटकको गन्तव्य बनाउनका लागि नगरपालिकाले सहयोग गर्ने बताए । उनले नगरभित्र पार्क तथा पर्यटकीय क्षेत्र बनाउन पनि विभिन्न संघसंस्थाको सहयोग आवश्यक पर्ने बताए । स्वस्थ तथा हराभरा नगर बनाउनका लागि आफूहरुको जोड रहेको नगरप्रमुख खाँणको भनाइ छ ।
उनले वालिङ बजारभन्दा केहीमाथि र रेडियो आँधीखोला भन्दा तलको भागमा रहेको पार्कलाई व्यवस्थित गर्न सकिएमा धार्मिक तथा पर्यटकीय सम्भावना रहेको धारणा राखे ।
कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले पर्यटकीय क्षेत्रको निर्माणसँगै संरक्षणमा समेत सबै लाग्नुपर्ने बताइन् । सबैको सहकार्यमा नै पार्क तथा अन्य पर्यटकीय स्थलको निमार्ण गर्न सकिने उनको भनाइ छ ।
वालिङ नगरपालिका वडा नं. ८ का अध्यक्ष कमलप्रसाद सुवेदीले वडाभित्र रहेका खुला जग्गालाई विस्तारै हरियाली बनाउँदै लगिने बताए । उनले पार्क निर्माणका लागि वडाबाट समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कोभिड १९ प्रभावितका लागि लक्ष्य गरी कार्यक्रम सुरु गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिइन् । उनले भनिन्, ‘पार्क तथा हरियाली बातावरण बनाउनका लागि संस्थाले निरन्तर सहकार्य गर्नेछ ।’
कायक्रममा श्रवणकुमार प्रतिष्ठानकाका जिल्ला अध्यक्ष सीताराम अधिकारी, दियालो युएनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे लगायतले बोलेका थिए ।
पार्क भित्र रहेको खाली जग्गामा बिरुवा लगाई व्यवस्थित पार्कमा परिणत गर्ने आफूहरुको लक्ष्य रहेको नवप्रभात युवाक्लवका अध्यक्ष जीवलाल काफ्लेले जानकारी दिए ।
वालिङ बजारबाट नजिकै भएकाले आफूहरु व्यवस्थित पार्क निर्माणमा लोगको निर्माण एबं संरक्षण समितका सचिव मुक्ति सुवेदीको भनाइ छ ।
नवप्रभात युवाक्लब र प्रभात आमा समूहको सक्रियतामा वृक्षरोपण गरिएको हो ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया