विश्वकर्मा समाजको भवन उद्घाटन

रामशरण नेपाली
लेखनाथ
संघीय सांसद एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले जातीय अहंकार कसैले देखाउँछ भने सर्वनाश त्यहिँबाट सुरु हुने बताएका छन् । शनिबार पोखरा ३२ खोलाको छेउमा रुपा विश्वकर्मा सेवा समाजको भवन उद्घाटन गर्दै सांसद अधिकारीले कुनै पनि जातीय एवं धार्मिक भेदभाव संविधानले नसहने बताए । उनले कानुन विपरीत चल्ने अधिकार कसैलाई नभएको पनि बताए ।
उनले जातीय एवं धार्मिक समानता र स्वतन्त्रता, सहितको समाजवाद उन्मुख संविधान निर्माण गरीएकाले अब यसको कार्यन्वयन पक्षमा पनि सबैले जोड दिनुपर्ने वताए ।
आफ्नो समाज भवन निर्माण गरेकोमा समाजलाई बधाई ज्ञापन गर्दै सांसद अधिकारीले सामाजीक कुरीति र विसंगतीहरु हटाउन समाजले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सांसद एवं गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले कानुनले मात्रै पनि सबै समस्याको समाधान नभएको भन्दै समाज परिवर्तनका लागि सामाजिक चेतनास्तर पनि माथि उठाउनुपर्ने बताए ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले नवनिर्मित भवन समाजको उन्नति प्रगतिका लागि उपयोग गर्न सुझाव दिँदै आइपर्ने हरेक कार्यमा गाउँपालिका सदैव सहयोग गर्न तत्पर रहेको बताए ।
कार्यक्रममा वडा नं. ३२ का अध्यक्ष अक्कलबहादुर कार्की, समाजका केन्द्रीय अध्यक्ष गणेश बराइली, सल्लाहकार ऋषि सुनार, समाजका पूर्वअध्यक्ष गिरबहादुर विश्वकर्मा, कलाकार महेश गोतार, सदीक्षा सुनार लगायतले बोलेका थिए कार्यक्रम संयोजक दुर्गाबहादुर सुनारले भावी योजनासहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।
समाजका अध्यक्ष राजु सुनारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लाबहादुर विश्वकर्माले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव कृष्ण सुनारले गरेका थिए ।
कुल ५८ लाख २० हजार लागत रहेको उक्त समाज भवन निर्माणका लागि स्थानीयस्तरमा देउसी भैलो एवं चन्दा संकलन गरिनुका साथै सांसद विकास कोष, सहकारी विकास कोष, गण्डकी प्रदेश, पोखरा महानगरपालिका, रुपा गाउँपालिका, साविक रुपाकोट गाविस, साविक लेखनाथ नगरपालिका लगायतले बजेट विनियोजन गरेका थिए ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया